You are viewing the translated version of प्राथमिकता निर्धारण गर्ने.
Section 3
प्राथमिकता निर्धारण गर्ने
(१) नेपाल सरकारको नीति तथा
कार्यक्रम, बजेट, आवधिक योजना र क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि“ सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नु पर्ने विधेयक पहिचान गरी प्रत्येक वर्षको जेठ महिनाभित्र विधेयकको प्राथमिकताक्रम खुलाई कानून मन्त्रालयमा पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम सम्बन्धित मन्त्रालयबाट प्राप्त .विवरणका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग छलफल गरी सङ्घीय संसदमा पेस गर्ने विधेयकको प्राथमिकताक्रम निर्धारण गरी वार्षिक कार्यतालिका निर्धारण गर्नु पर्नेछ।
(३) उपदफा (२) बमोजिमको वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसान्तभित्र सङ्घीय संसदमा पठाउनु पर्नेछ।
(४) उपदफा (२) बमोजिमको वार्षिक कार्यतालिका बमोजिम विधेयकको मस्यौदा तर्जुमा गर्नु पर्नेछ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै विषयमा तत्काल विधेयकको -मस्यौदा तर्जुमा गर्नु परेमा त्यसको उद्देश्य र कारण खुलाई विधेयकको मस्यौदा तर्जुमा गर्न यस दफाको व्यवस्थाले बाधा पुच्याएको मानिने छैन।